२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्सको शक्तिशाली भूकम्प : ज्यान गुमाउने ४५, १७ जना अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ आसपास केन्द्रित शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनामा ४ सय ८७ जना घाइते भएका छन् भने १७ जनाको अवस्था अझै अज्ञात रहेको छ।

परिषद्का अनुसार भूकम्पको असरबाट ३३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्, जसबाट करिब एक लाख ५० हजार नागरिक प्रत्यक्ष रूपमा असरमा परेका छन्। स्वास्थ्य संस्था, शैक्षिक भवन तथा पुलसहित २ सय ३८ वटा पूर्वाधारमा विभिन्न स्तरको क्षति पुगेको जनाइएको छ।

सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पपछि मिन्डानाओका अधिकांश भूभागसँगै मध्य फिलिपिन्सका केही क्षेत्रमा समेत तीव्र कम्पन महसुस गरिएको थियो। मुख्य भूकम्पपछिका दिनहरूमा १ हजार ७ सयभन्दा बढी परकम्प रेकर्ड भइसकेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

क्षतिको अवस्था हेर्दा सारंगनी र दक्षिण कोटाबातो प्रान्त सबैभन्दा बढी प्रभावित बनेका छन्। यी दुवै क्षेत्रमा करिब सात लाख जनसङ्ख्याको बसोबास रहेको बताइएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७:३७ बजे भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारंगनी प्रान्तस्थित मासिम सहरको तटबाट करिब ३२ किलोमिटर दक्षिणपश्चिममा, जमिनको सतहबाट ३३ किलोमिटर गहिराइमा रहेको थियो।

0 Comments