२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । चलचित्र पत्रकार तथा समीक्षकहरूको साझा संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ ।

समाजले आज एक विज्ञप्ति जारी गरी २०८२ सालमा प्रदर्शित नेपाली चलचित्रमध्येबाट ‘अवार्ड का लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विभिन्न आठ विधाका विजेताको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार उत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, उत्कृष्ट निर्देशक नवीन चौहान (ऊनको स्वीटर), उत्कृष्ट पटकथा नवीन चौहान र सुरज कट्वाल (ऊनको स्वीटर), उकृष्ट अभिनेता हरिवंश आचार्य (भूठान), उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती), उत्कृष्ट छायाँकार सुशन प्रजापति (भूठान), उत्कृष्ट सम्पादन अञ्जय खड्का (भूठान), उत्कृष्ट पाश्र्व सङ्गीत कोबिद बज्र (ऊनको स्वीटर) विजेता घोषणा भएका छन् ।

समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले आगामी असार ६ गते एक कार्यक्रमका बीच विजेतालाई अवार्ड प्रदान गरिने जानकारी दिए । उनले भने, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदै छौँ । सोही कारण यस पटक वर्ष विसं २०८१ र २०८२ को विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गर्दै छौँ । हामीले उक्त चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँ ।”

उनले अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको स्पष्ट गरे ।

अध्यक्ष तिमल्सेनाका अनुसार समाजले सन् २०१४ देखि चलचित्रको गुणात्मक विकास, मौलिकता तथा समीक्षात्मक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ ।

0 Comments