२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक : सभामुख महरा

अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध/गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

कारागारको सुधार तथा कैदीबन्दीको अधिकार प्रवद्र्धनसम्बन्धी आज यहाँ आयोजित अन्तक्रियामा उनले कैदीबन्दीलाई चार पर्खालभित्र थुनेर प्रतिशोध वा हिनताबोधको बाटोमा जान बाध्य पार्ने तथा अपराधी वा मानसिक रोगी उत्पादन गर्ने कारखाना बनाउन नहुने धारणा व्यक्त गरे ।

उनले भने, ‘कैदीबन्दीको आचरण, व्यवहार र आपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक चिन्तन र क्षमता अभिवृद्धि गराउन आवश्यक पर्ने ऐन नियम बनाउने काममा घोत्लिन आवश्यक छ । हामीले कल्पना गरेको समाज कैदीबन्दीमुक्त चेतनशील, उन्नत र सुन्दर समाज हो । त्यस्तो समाजमा कारागार हुँदैनन् ।’

कारागारलाई सुधार गृह, सीप विकास केन्द्र हुँदै सकारात्मक चिन्तन विकास गर्ने पाठशालाका रुपमा विकास गर्ने लक्ष्य राख्नुपर्दछ भन्दै सभामुख महराले भने, ‘अहिलेदेखि नै सकारात्मक पहलकदमी लियौं भने एक दिन अवश्य त्यस्तो समृद्ध, शान्त र सभ्य समाज निर्माणमा सफल हुनेछौं ।’

कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करागारको क्षमताभन्दा बढी कैदी रहेको वर्तमान परिस्थितिमा खुला कारागारमा रुपान्तरण गर्नु आफैँमा चुनौतीपूर्ण रहेपनि कारागारलाई भने सुधार गर्दै जानुको विकल्प नरहेको धारणा राखे ।

कारागार व्यवस्थापन विभागका पूर्व महानिर्देशक कृष्णचन्द्र घिमिरेले नेपालमा कारागार ः अवस्था, कानूनी व्यवस्था र गर्नुपर्ने सुधारको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । भक्तपुर, बारा, धनुषा, सुस्तापूर्व नवलपरासी र पूर्वी रुकुमबाहेक मुलुकका ७२ जिल्लामा कारागार रहेका छन् । त्यसमध्ये काठमाडौं र दाङमा दुई÷दुईवटा कारागार छन् भने देशका ५३ जिल्लामा महिला कारागार रहेको कार्यपत्रमा उल्लेख छ । भक्तपुर, मोरङ र कास्कीमा बाल सुधार गृह सञ्चालनमा रहेका छन् ।

सो अवसरमा भक्तपुर जिल्लाका जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीले कारगार, बन्दीको अधिकार र सुधार गर्नुपर्ने क्षेत्रकाबारे तयार गरिएको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा कारागारसम्बन्धी कानूनी तथा नीतिगत संरचना, कारागारको सञ्चालन, निरीक्षण नियन्त्रण तथा बल प्रयोग, शीघ्र रिहाइ, फौज्दारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, कारागार सेवा तथा मानव संशाधन, सुधार गर्नुपर्ने क्षेत्रजस्ता विषयवस्तु समेटिएको छ ।

प्रत्येक कैदीले पाउने भूइँको क्षेत्रफल निर्धारण गरेर त्यसको आधारमा कारागारको क्षमता निर्धाण गर्न पनि कार्यपत्रमा सुझाव दिइएको छ । आयोजक संस्था ह्युमानिटी एण्ड इनक्लुजन नेपालका प्रमुख शिव आचार्यले फौज्दारी कसुर र सजाय ऐन कतिपय प्रावधानलाई युग सुहाउँदो बनाउने सन्दर्भमा नियमावली बनाउँदा सुधार गर्नुपर्ने पक्षमा सुझाव दिन आग्रह गरे ।

सो अवसरमा सहभागी वक्ताहरुले खुला कारागारको अवधारणालाई छिटो कार्यान्वयनमा ल्याउन, पारिवारिक भेटघाट, कैदबापत शारीरिक श्रममा लगाउने व्यवस्था तथा कारागारको भौतिक अवस्थाको मानवोचित सुधार ल्याउनेलगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए । रासस