२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

अ+ अ-

काठमाडौँ । खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवेदन दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका कार्यरत प्राध्यापकदेखि मुलुकका विभिन्न शैक्षिक संस्थामा कार्यरतदेखि सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिएका छन् । गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो । 

सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि हाल सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति नभएसम्म उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । पाठक सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि एक महिलासहित १९ जनाले आवेदन दिएका छन् । सचिवालयका अनुसार मुलुकका आठ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २०० भन्दा बढी आवेदन परेका छन् । आजदेखि नियुक्त प्रक्रियाको काम आरम्भ भइसकेको सचिवालयले जनाएको छ । 

प्रारम्भिक मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ । विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घर आँगनमै अध्ययन गर्न पाएका छन् । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीका लागि हटेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित यहाँका नौ वटै जिल्लामा गरेर १६ क्याम्पस आंगीक क्याम्पस सञ्चालनमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी नवीन बमले जानकारी दिए । सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी अन्य प्रदेश (सुदूरपश्चिम र कोशी प्रदेशबाहेक) ३१ वटा क्याम्पस पनि सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।

0 Comments