२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार वर्षमा पनि सकिएन ५५ मिटर सडक

अ+ अ-

 (कैलाली)।  भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५  मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन । 

नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो । जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो । 

चार लेन सडकको हालसम्म चार पटक म्याद थप भएको छ । पछिल्लो म्याद चालु आवको असार १५ गतेसम्म छ । प्रदेश  सरकारको रु ६६ लाख र स्थानीय तहको रु ६६ लाख गरी रु एक करोड ३२ लाखमा ठेक्का आह्वान गरिएको थियो । काम नभएपछि प्रदेश सरकारको अनुदान फिर्ता भयो । 

नगरपालिकाका इन्जिनियर अजय डगौराले भने, “निर्माण कम्पनीलाई जति ताकेता गर्दा पनि काम भएको छैन, कार्यपालिकाले म्याद थप गरेपछि कारबाहीको प्रक्रियामा जान पनि सकिएको छैन । यस पटकको कार्यपालिका बैठकले अन्तिम पटक भनेको छ ।”

उक्त सडक निर्माणको जिम्मा काफली कन्स्ट्रक्सनले पाएको थियो । नगरपालिकाले चालु आवमा आफ्नो स्रोतबाट रु १७ लाख बजेट विनियोजन गरेको छ । निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा पनि नआएको इन्जिनियर डगौराको भनाइ छ । 

काफली कन्स्ट्रक्सनका सञ्चालक शंकर शर्माले भने, “ठेक्का मेरो कम्पनीले पाए पनि काम गर्न भने तेस्रो व्यक्ति ज्ञान लाभलाई जिम्मा दिएका थियौँ, तर उहाँले काम नै गर्नुभएन, अब आफैँले एक साताभित्र काम सुरु गर्छु ।” 

साथै संघीय सरकारको रु ५० लाख र स्थानीय सरकारको रु ५० लाख बजेटबाट हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ ठेकीपुर हुँदै भजनी बजार जोड्ने चार लेनको १३० मिटर सडक कालोपत्र अलपत्र परेको छ । विसं २०८१ जेठ २४ गते बिएण्डबी कन्स्ट्रक्सनले सडक कालोपत्रेको जिम्मा पाएको थियो । 

विसं २०८२ असार २० गते सम्झौताको म्याद सकिएपछि संघीय सरकारबाट आएको अनुदान पूरै खर्च हुन सकेन । त्यसपछि नगरपालिकाले आफ्नो स्रोतबाट सडक निर्माण गर्ने भन्दै रु ११ लाख बजेट विनियोजन गरी सोही वर्षको मङ्सिरभित्र सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । त्यसपछि पुनः पुसमा अर्को म्याद थपिएको थियो । तर हालसम्म पनि काम भएको छैन ।

0 Comments