२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकृतिको आराधनासँगै उभौली समापन

अ+ अ-

धरान  । गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ ।

ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।

सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं ।

दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।।

आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्छिन्, “उभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।”

त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उनी सुनाउँछिन् । ‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्वहरू हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक महिनामा मनाइने उभौली र उधौली हामी नाच्ने गरेका छौँ’, उनको भनाइ छ । 

देशभर भूमेस्थानमा पूजा आराधना गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला किराँत राई समुदायले प्रत्येक वर्ष मनाउने गरेको साकेला आज धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कका हर्सोउल्लासका साथ समापन गरिँदैछ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध चाडको रूपमा लिइन्छ ।

दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउँभाउ गर्दै नाच्न व्यस्त छन् । अहिले साकेला थानमा युवापुस्ताकै बाक्लो उपस्थिति देखिन्छ ।

साकेला प्रशिक्षक विवेक राई भन्छन्, ‘एक दशकभन्दा बढी भयो साकेला नाच्न सुरु गरेको, हामी सानो हुँदा बाजेले साकेलाको बेला कसरी पूजा गरिन्छ र साकेला कसरी नाचिन्छ भन्ने कुरा सबै सिकाउनु हुन्थ्यो ।’

वैशाख पूर्णिमाका अवसरमा १५ दिनदेखि एक महिनासम्म साकेला उभौली पूर्वका विभिन्न ठाउँमा मनाइन्छ । ढोलझ्याम्टा, हातमा च्याम्बर लिएर साकेला नाच्दै किरात राई समुदायले उभौली चाड समापन गर्दै छन् । बैशाख १८ गते धरान उपमहानगरपालिका १४ विजयपुर स्थितकिरातको विरासत बोकेको हाङ बुद्धिकर्ण राईको दरबारक्षेत्रमा ढोल झ्याम्ता पुकाई पूजाआजा गरी सुरु गरिएको साकेला अहिलेसम्म विभिन्न वडाहरूले २६ भन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेपछि आज किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शनीसाथै प्रकृति पुच्दै साकेला उभौली समापन गर्न लागिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । 

साकेला समापनको अवसरमा सहभागीहरू सांस्कृतिक भेशभूषामा सजिएका छन् । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला उभौली, उधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ । साकेला चाड र साकेला नाचको सुरुआतका विषयमा विभिन्न ठाउँअनुसार फरकफरक मिथक र बूढापाखाहरुको भनाइहरू पाइन्छन् ।

साकेला किराँत राईहरूको पहिचानसँग जोडिएको छ, जसलाई आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रूपमा लिने चलन किराँत समुदायमा रहिआएको छ । यसलाई विशेष अवसर मानेर किराँत राई महिला तथा पुरुष मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ ।

विशेषगरी यसको सुरुआतका विषयमा किराँत समुदायमा ठाउँअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुआत गरेको किंवदन्तीमा उल्लेख भएको भेटिन्छ । पछिल्लो समय साकेला टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन उत्तिकै बढेको छ ।

वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भू–भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाई बस्तुगोठ पनि माथितिर सार्ने थाल्ने चलन अहिले पनि छ । चिसोयामको सुरुआतसँगै बासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसमअनुसार तल (उधोँ) वा (उभोँ) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागमा अझै पनि यथावत् नै रहेको बूढापाखाहरुको भनाइ छ ।

विशेषगरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली झन्डै एक महिनासम्म मनाइन्छ ।

उभौली विशेष गरी तराई वा मधेसतिर गर्मी बढ्दै जाँदा माथिल्ला पहाडी र हिमाली भूभागहरूमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जाँदा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बूढापाखाको भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस पनि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदायद्वारा मनाइने यस चाड ‘उभो’ शब्दबाट प्रेरित भएर ‘उभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ ।

यस दिनलाई किराँत समुदायले सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायत जातिहरूले यस उभौली चाडलाई महान् चाडका रूपमा मनाउने गरेका छन् ।

उभौली पर्वलाई किराँत समुदायका जातिहरूले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङजातीले ‘साकेला’ सुनुवारले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरूले ‘तोसी’लगायतका इत्यादि नामहरूले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ । पहाडी भेगमा रामनवमी सुरुभएसँगै साकेला मनाउन सुरु गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किराँत राईहरूले पुर्खालाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ ।

उभौली विशेषगरी धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, बिर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रूपमा मनाउने प्रचलन बढिरहेको छ ।

0 Comments