काठमाडौँ । नवलपरासी पश्चिम, २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशव सुनारी मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई नियन्त्रण लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।







