२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुडिया र अचार बनाएर आर्जन गर्दै दाङका महिला

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलो चौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उहाँले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उनले भनिन्।

त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ । घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गरेकी छिन् । उनीहरू यसरी उद्यममा जोडिनुभएको छ । आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । “पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पर्थ्यो”, लामिछानेले भनिन्, “अब त हामी आफैँ कमाउने भइसकेका छौँ ।” 

उनीहरू  उदाहरण मात्रै हुन् । अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन् । सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन् । तुलसीपुर ६, ७ र ९ नं वडाका महिलालाई तालिम दिइएको थियो ।

जसमा २५ जना अचार बनाउने, ४७ जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए । उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन् । खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् । त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन् ।

0 Comments