२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न आग्रह, बेवास्ता गरे सार्वजनिक सेवा अवरुद्ध हुने चेतावनी

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई कर्जा दायित्व समयमै पूरा गर्न निर्देशन दिएको छ।

समितिले जारी गरेको सूचनामा साँवा, ब्याज तथा हर्जानासहित सम्पूर्ण बक्यौता यथाशीघ्र तिर्न आग्रह गरिएको हो।

समितिका अनुसार सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरिएका संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व सम्हाल्न ऋणीहरूको सक्रिय सहकार्य आवश्यक रहेको छ।

यसै सन्दर्भमा सम्बन्धित सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानीकर्तालाई समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ।

निर्देशनको अवहेलना गरिएमा आधारभूत सार्वजनिक सेवा-जस्तै धारा, विद्युत् तथा सिफारिस-प्राप्तिमा अवरोध हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, समयमै भुक्तानी नगर्ने वा सम्पर्कमा नआउने व्यक्तिहरूको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कानुनी कारबाहीअन्तर्गत कैद र जरिवाना समेत हुन सक्ने स्पष्ट पारिएको छ।

हाल समितिको प्रत्यक्ष व्यवस्थापनमा २० वटा सहकारी संस्था रहेका छन्। ती संस्थासँग सम्बन्धित करिब ६२ हजार बचतकर्ताले झन्डै ४० अर्ब रुपैयाँ बराबरको निक्षेप फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन्।

0 Comments