२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संकटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

अ+ अ-

कास्की । पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

खेलमा पहिलो हाफमा १-० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई, दीपा शाही र हिमा चौधरीले एक/एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल एअमनाराह र लिसिया एलजे मोकाम्बिकले समान एक-एक गोल गरिन् ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दीपाले अग्रता दिलाइन् । तुलसा बोहोराको पासमा उनले सहज गोल गरेकी हुन् ।

दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्‍यो । ४७औँ मिनेटमा संकटाकी गोलरक्षक सुशीला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन् । उनले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन् ।

खेलमा ३-० ले पछि परेको संकटाका लागि ७०औँ मिनेटमा क्वीनबेलले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन् । लगत्तै ७२औँ मिनेटमा संकटाले फ्रिकिकमार्फत गोल गर्दै खेल ३(२ को स्थितिमा पुर्‍याएको थियो । लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बल जालीमा ठोकिएको थियो ।

खेलको निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको आठ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन् । यो जितसँगै आर्मीले फाइनलमा आइतबार नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस क्लबले यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु. तीन लाख पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु. ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजकले आरएस पोखराले जनाएको छ । 

0 Comments