२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ 

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि नि:शुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिए । उनले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताए। त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले उनले बताए।

कार्यक्रमको पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ । यसअन्तर्गत तौल र उचाइको अनुपात बीएमआई, रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर भीआइए परीक्षण गरिने नगरपालिकाले जनाएको छ । परीक्षणका क्रममा स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारका लागि दोस्रो दिनको शिविरमा पठाइनेछ ।

दोस्रो दिन वडाभित्र स्थायी रूपमा बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिक र ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख अधिकारीले बताए। सोही दिन प्रयोगशाला परीक्षणका लागि नमूना संकलन, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका अनुसार थाइराइड र (प्रोस्टेट)को परीक्षण भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने व्यवस्था मिलाइएको छ ।

तेस्रो दिन विशेषज्ञ चिकित्सकले रिपोर्टका आधारमा बिरामीलाई नि:शुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा रेफर (प्रेषण) गर्नेछन् । नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको यस कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

0 Comments