बझाङ । पहिरोमा पुरिँदा बझाङमा एकै परिवारका तीन सहित थप एक गरी चार जनाको मृत्यु भएको छ । पहिरोमा परी थप दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा छान्ना गाउँपालिका वडा– ६ बयानाकी ५२ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र महेश्वरीका ६ वर्षिय छोरा कृष्ण थापा र सोही ठाउँका २० बर्षिया मंगल थापा रहेका छन् ।
पहिरोमा परेर पाँच वर्षका दुई बालक कविराज थापा र रिकेश थापा घाइते भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो एक्कासी आएको पहिरो झरेपछि खप्तड छान्ना गाउँपालिका–६ बयानामा चौतारीमा बसिरहेका नजिकैको बाटोमा हिँड्दै गरेकाहरु पहिरोले बगाएर पुरेको प्रहरीले जनाएको छ ।
घाइते बालकहरुको पाटादेवल स्वास्थ्य चौकीमा उपचार भैरहेको र उनिहरुको खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।