२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीवासमा महिला सामुदायिक भवन निर्माण

अ+ अ-

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ ।

विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।

रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयवासी रामप्रसाद सुवेदीले जानकारी दिए । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको उनको भनाइ छ । 

भवन नहुँदा वर्षायाम तथा प्रतिकूल मौसममा भेला तथा छलफल सञ्चालन गर्न झन् कठिन हुने गरेको थियो । तर अहिले सामुदायिक भवन निर्माण भएसँगै अब उनीहरूलाई नियमित बैठक, सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रम, बचत तथा ऋण समूहका गतिविधि सञ्चालन गर्न सहज भएको छ । 

यसले महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष कुमार विष्टले बताए। यहाँ सामुदायिक भवन निर्माणका लागि वडाले आवश्यक सहयोग गरेको उनको भनाइ छ । 

सामुदायिक भवन स्थानीय तहको सहयोग तथा समुदायको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो । स्थानीय अगुवाहरूका अनुसार भवन निर्माणले महिला सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । अब महिलाहरूले आफ्ना समस्या, योजना र अवसरबारे खुला रूपमा छलफल गर्न पाउने वातावरण सिर्जना भएको छ । साथै, गाउँमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि यो भवन उपयोगी बनेको छ । 

दीर्घकालीन रूपमा यस भवनले गाउँको सामाजिक एकता मजबुत बनाउने र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण आधार तयार गर्ने स्थानीयको भनाइ छ ।