काठमाडौँ । जेन जेड आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवासमा नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था कडा बनाएको छ ।
कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।
उक्त अवस्थालाई मध्यनजर गर्दै सुरक्षा जोखिम मूल्यांकनपछि कार्की निवास आसपास सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
कार्कीको सुरक्षालाई ध्यानमा राख्दै सरकारले आवश्यक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबार बोलाएर छलफल गरेका थिए ।
*यसअघि समाचारमा ‘सेनाको ब्यारेकमा राख्ने’ भन्ने उल्लेख भएकोमा त्यसबारे कुनै औपचारिक निर्णय सार्वजनिक नभएकाले सच्याइएको छ । सं.







