जुम्ला । तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ । पालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भएको थियो। बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो ।
संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उनले बताए ।
यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ । पालिकाले यो आवमा रु २८ लाख आठ हजार ७५० राजस्व संकलनको लक्ष्य लिएकामा रु नौ लाख ९७ हजार संकलन भएको जनाएको छ ।







