२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : शंकरको शतकमा पुलिसको दोस्रो जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०२६ मा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा अलआउट हुँदै २६५ रन बनाएको थियो । बागमतीले दिएको २६६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ४४ ओभरमा ३ विकेटको क्षतीमा २७१ रनसहित लक्ष्य पूरा गरेको हो ।

पहिलो विकेटको लागि ओपनर दिनेश खरेल र शंकर रानाले १५९ रनको शतकीय साझेदारी गरे । जसमा शंकर रानाले उत्कृष्ट शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर दिनेश खरेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । कप्तान आरिफ शेख ४३ र रासिद खान १० रनमा अविजित रहे ।

बागमतीका लागि बलिङतर्फ रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले १-१ विकेट लिए । त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको बागमतीको लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए ।

ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमश: २२ र १४ रन बनाए । शिवम तिवारीले १२ रन, उत्तम मगरले २१ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पुलिस क्लबलका लागि बलिङतर्फ रासिद खान र दिनेश खरेलले ३/३ विकेट लिए । करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए ।

पुलिस र बागमती दुवैको जारी प्रतियोगितामा यो तेस्रो खेल थियो । जसमा पुलिसले दोस्रो जित दर्ता गरेको हो भने बागमतीले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २२ रनले हार बेहोरेको थियो । दोस्रो खेल विभागीय डर्बीमा पुलिसले एपीएफलाई १८५रनले हराएको थियो । त्यस्तै बागमतीले पहिलो खेलमा एपीएफसँग ७१ रनले हारेको थियो । दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले हराएको थियो ।