२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथ जात्राका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। जमलस्थित तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य अन्तिम अवस्थामा पुगेको हो।

चैते दशैंदेखि सुरु हुने यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण तथा व्यवस्थापनका कामहरू तीव्र रूपमा अघि बढाइएको छ। परम्पराअनुसार केलटोलस्थित मच्छिन्द्र बहालमा रहेको लोकेश्वरको मूर्तिलाई विभिन्न स्थान हुँदै जमल ल्याइ रथमा स्थापना गरेपछि औपचारिक रूपमा रथयात्रा प्रारम्भ हुन्छ।

जात्राको मार्ग केलटोल, इन्द्रचोक, बांगेमुढा, असन र कमलाक्षी हुँदै जमलसम्म निर्धारण गरिएको छ। त्यसपछि रथयात्रा क्रमशः विभिन्न स्थानमा अघि बढ्ने परम्परा रहेको छ।

कार्यक्रमअनुसार पहिलो दिन रथ जमलबाट असनसम्म लगिनेछ भने दोस्रो दिन असनदेखि हनुमानढोका क्षेत्रतर्फ पुर्‍याइनेछ। तेस्रो दिन रथलाई लगन क्षेत्रमा पुर्‍याउने कार्यक्रम तय गरिएको छ।

स्थानीय समुदाय तथा सम्बन्धित निकायको समन्वयमा परम्परागत सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।