२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजुबाट लागुऔषधसहित तीन जना पक्राउ, अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । राजधानीको बालाजु क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक रहेका छन्।

काठमाडौँ महानगरपालिका-१६ स्थित गंगाजमुना मार्गमा रहेको एक कोठाबाट शंकास्पद गतिविधिको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा धनुषाधाम नगरपालिका-९ का १९ वर्षीय आदित्य मण्डल, सिन्धुली दुधौली नगरपालिका-५ का ४१ वर्षीय उत्तरबहादुर कार्की (शम्भु कार्की) तथा भारतको सितामढी निवासी २७ वर्षीय जितु कुमार राय रहेका छन्।

प्रहरीका अनुसार तलासीका क्रममा १८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, तीन वटा मोबाइल फोन, नेपाली नगद ५६ हजार ८९५ रुपैयाँ र भारतीय मुद्रा २ हजार ८ सय रुपैयाँ बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको छ। अनुसन्धान कार्य प्रहरी वृत्त लैनचौरमार्फत अघि बढाइएको जनाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका शम्भु कार्की विरुद्ध विगतमा डाँका तथा हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको अभिलेखमा देखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।