२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रनिगाहपुरको जगत रिसोर्टबाट नक्कली सुनसहित चार जना पक्राउ

अ+ अ-

रौतहट । रिसोर्टमा व्यवसायिक यौन गतिविधिको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा नक्कली सुन फेला परेको छ । चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टबाट कारोबारमा संलग्न चार जना प्रहरी नियन्त्रणमा छन् ।

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने अन्दाजी ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का अन्दाजी ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने अन्दाजी ३० वर्षीय संजोक बस्नेत छन् ।

भारतबाट आएका व्यक्तिहरू बसोबास गर्ने गरेको र बदनियत तथा आपराधिक मनस्थितिका मानिसको आवतजावत बढेको सूचना प्रहरीमा पुगेको थियो। मंगलबार टोली त्यहाँ पुग्दा सुनचाँदीको अवैध कारोबार चलिरहेको चन्द्रनिगाहपुर प्रहरीस्रोतले जनाएको छ ।

सोही कोठाबाट चार जना पुरुषलाई नियन्त्रणमा लिई शरीर तथा कोठा खानतलासी गर्दा नक्कली सुनजस्तो देखिने धातु बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

सिलबन्दी अवस्थामा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९ दशमलव ९’ लेखिएको प्याकसहित पहेँलो रंगको नक्कली सुनजस्तो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको अवस्थामा २ थान गरी जम्मा ७ थान बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी घटनास्थलबाट मोबाइल फोन ६ थान र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबिनजस्तो देखिने मेसिन १ थान समेत बरामद जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।