२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

अ+ अ-

चितवन । यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख ५० हजार बाख्रालाई सो खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको जनाइएको छ ।

पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उनले भने, “रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न गारो हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिन्छ । ”

प्रमुख डा. न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिन्छ र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए । कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग विरुद्धको खोप दिइँदै आएको छ । यसको रोगी बाख्राको जुत्तोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँशुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङ्क्रमण पैmलिने हुन्छ । यसका साथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट सङ्क्रमित भई सङक्रमण पैmलिने हुन्छ ।

व्यवसायीक रुपमा बाख्रापालन गर्ने किसानले जैविक सुरक्षाको विधि अवलम्बन गर्न उनले सुझाव दिए । यस रोगबाट बाँच्न रोगी बाख्राको शरीरबाट निस्कने आँशु, सिँगान र मलमूत्रमा यस रोगका विषाणु प्रसस्त मात्रामा रहेका हुन्छन् त्यसैले रोगको सङ्क्रमण पैmलिन नदिन रोगी बाख्रालाई बथानबाट अलग्गै राख्नुपर्ने उनले बताए ।

पिपिआर रोगले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान जलाउनु वा गाड्ने गर्नुपर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।

गोठमा नयाँ बाख्रा ल्याउनुपर्ने भएमा यस रोगविरुद्ध खोप लगाएर मात्र ल्याउनुपर्दछ । तीन हप्तासम्म अलग्गै राखी पिपिआर विरुद्ध खोप लगाएर मात्र बथानमा मिसाउन उनले आग्रह गरे।