२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

अ+ अ-

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।

कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो ।

कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।

पर्साको वीरगञ्ज महानगर–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई धेरै सहज भएको बताए । “नागरिकता बनाउनका लागि धेरै वर्ष भौँतारिँदै हिँड्नुपर्‍यो,’’ उनले भने,“आमाको नामबाट नागरिकता पाएसँगै अब विभिन्न खालका प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ ।”

वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारी पनि लामो संघर्षपछि नागरिकता प्राप्त गर्दा पनि ठूलै उपलब्धि हासिल गरेको अनुभव गरेको बताए । “नागरिकताविहीन हुनुको पीडा निकै सकस लाग्दो हुनेरैछ,” उनले भने, “आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै हर्षित भएको छु ।” पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बारा स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताए। “नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौँ,” उनले भने, “नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौँ ।”