२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक गणनामा पूर्ण सहयोग गर्ने निर्माण व्यवसायी महासंघको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालय र महासंघको संयुक्त आयोजनामा भएको अन्तर्क्रियामा महासंघले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले देशमा २० लाखभन्दा बढीलाई प्रत्यक्ष-परोक्ष रोजगारी दिएको बताए । उनले ७७ वटै जिल्लाका निर्माण व्यवसायीलाई गणनामा सही विवरण उपलब्ध गराउन आग्रह गरे ।

‘सही तथ्यांक आएमात्र सार्वजनिक खरिद ऐन र निर्माणमैत्री नीति बनाउन सरकारलाई दबाब दिन सहज हुन्छ,’ उनले भने ।

तथ्यमा आधारित योजनाका लागि आफूहरू सहकार्य गर्न तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई सहयोग गरी सफल बनाउन महासंघ तयार रहेको उनले बताए ।

त्यस्तै ७ प्रदेश र ७७ जिल्लामा रहेका  प्रदेश तथा जिल्लास्तरीय कार्यालयमा अपिल सहित पत्राचार गर्ने ऐक्यबद्धता उनले जनाए । कार्यक्रममा सहभागीले आर्थिक गणनाको प्रश्नावलीलाई व्यावहारिक बनाउन र साना व्यवसायीलाई पनि समेट्न सुझाव दिए ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ को मूल नारा अर्थतन्त्र मापनका लागि आर्थिक गणना रहेको बताए ।

उनले आर्थिक गणनामा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए ।

‘हामी उद्योगी-व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौँ, यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माणमा प्रयोग गर्न हो,’ उनले भने, ‘निजी क्षेत्रको सहभागिताविना यो अभियान सफल हुँदैन ।’