अदानचुली (हुम्ला) । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
आइतबार राति ११:०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।
“ती किशोरी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी भन्ने खबर आएपछि प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ, विस्तृत जानकारी आउने क्रममा छ”, उनले भने ।







