काठमाडौँ । हराएका ५२ वटा दुई पांग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले ३३९ थान स्कुटर, मोटरसाइकल फेला पारी धनीलाई बुझाएको छ ।
चोरी भएको भन्दै १ हजार ५३१ थान निवेदन ट्राफिक प्रहरीकोमा आएका थिए ।







