काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत आजको पहिलो खेलमा न्यूजिल्यान्ड र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् ।
चेन्नईस्थित एमए चिदम्बम् मैदानमा जारी खेलमा क्यानडाले न्यूजिल्यान्डलाई १७४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन जोड्यो ।
उसका लागि १९ वर्षिय युवराज शर्माले शतक बनाए । ६५ बल खेलेका उनले ११ चौका र ६ छक्काको मद्दतमा ११० रन जोडे ।
जारी प्रतियोगितामा दोस्रो शतक बनाएका उनले सर्वाधिक रन बनाएका हुन् । सोमबार श्रीलंकाका पाथुम निसान्काले १०० रन बनाएका थिए । यस्तै, दीलप्रित बजवाले ३६ रनको योगदान दिए ।
बलिङतर्फ न्यूजिल्यान्डका म्याट हेनरी काइली जेमिनसन, जिम्मी निशम र जाकोव डुफीले एक-एक विकेट लिए । न्यूजिल्यान्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।







