२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपमा अष्ट्रेलियाले श्रीलंकालाई दियो १८२ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत श्रीलंका र अष्ट्रेलियाबीचको खेल जारी छ । अष्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई १८२ रनको लक्ष्य दिएको छ । पल्लेकेले मैदानमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा १८१ रनमा अलआउट भयो ।

उसका लागि कप्तान मिचेल मार्श र ट्राभिस हेडले अर्धशतक प्रहार गरे । हेडले २९ बलमा ५६ तथा मार्शले २७ बलमा ५४ रन जोडे । हेडले ७ चौका र ३ छक्का तथा मार्शले ८ चौका र २ छक्का हिर्काए ।

यस्तै, जोस इङ्लिसले २७, ग्लेन म्याक्सवेलले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ श्रीलंकाका दुशान हेमन्थले तीन तथा दुश्मन्था चमिराले दुई विकेट लिए । यस्तै, दुनिथ वेल्लालागे, कामिन्दु मेन्डिस र महिश तिक्षणाले एक-एक सफलता हात पारे ।

दुई खेलमा एक जित र एक हारसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको अष्ट्रेलियालाई सुपर एटमा पुग्नका लागि यो खेल जित्नैपर्ने दबाब छ । श्रीलंका भने यसअघि दुबै खेल जित्दै अंकतालिकाको शीर्षस्थानमा छ ।