काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्ते पात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको छ।
स्वीकृति नलिई पात्रो तथा भित्ते पात्रो प्रकाशन गर्दा तिथिमिति फरक पर्न गएको भन्दै समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्ते पात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको हो।
समितिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चांग तथा क्यालेन्डरहरू सम्बन्धित प्रशासनिक निकायमार्फत जफत गरी कानुन बमोजिम कारबाही गरिने जनाएको छ।







