२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा

अ+ अ-

धरान(सुनसरी) । सुनसरीको धरानमा आजदेखि २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । 

धरान उपमहानगरपालिका-१६ स्थित धरान रङ्गशालामा आज दिउँसो २:०० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता आजदेखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० टोली सहभागी हुने उनले जानकारी दिए।

प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।

यस वर्षको प्रतियोगितामा एनआरटी क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), नेपाल पुलिस क्लब (काठमाडौँ), रोयल थिम्फु क्लब (भुटान), जर्जियन क्लब (भारत), एलए क्लब (पोखरा), सातदोबाटो युथ क्लब (ललितपुर), प्लानिङ ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), झापा(११ झापा र धरान फुटबल क्लब सहभागी रहने आयोजकले जनाएको छ ।

गत वर्ष प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।