काठमाडौँ । निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका विषयमा मागिएको स्पष्टीकरणमा केही राजनीतिक दल तथा उम्मेदवारबाट जवाफ प्राप्त भएको जनाएको छ।
हालसम्म माग गरिएका प्रतिउत्तरमध्ये १२ वटा जवाफ आयोगमा दर्ता भएका छन्।
आयोगका अनुसार, केन्द्रीय तहको आचारसंहिता अनुगमन संयन्त्रमा दर्ता भएका उजुरीका आधारमा २१ राजनीतिक दल तथा उम्मेदवारलाई लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको थियो। तीमध्ये सीमित संख्याबाट मात्र जवाफ प्राप्त भएको हो।
साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्दै आयोगले बाँकी उजुरीहरू प्रारम्भिक परीक्षण तथा अध्ययनकै चरणमा रहेको स्पष्ट पारेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि ती विषयमा थप निर्णय लिइने जनाइएको छ।







