२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेबारेको अभियोग पत्र यथास्थितिमा राख्न आदेश

अ+ अ-

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधन गर्न माग गरिएको निवेदन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म निवेदन यथास्थितिमा राख्न निर्देशन दिएको हो।

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट निवेदनमा महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णयलाई प्रारम्भिक दृष्टिमै कानुनविपरीत, बदनीयतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदरको माग गरिएको छ। सो निवेदन हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ साल पुस ३० गते कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर रवि लामिछानेविरुद्धका मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। सो निर्णयपछि कानुनी तथा संवैधानिक प्रश्न उठाइँदै आएको छ।