८ तोला सुनसहित एक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

८ तोला सुनसहित एक पक्राउ


१५ असार २०७५, शुक्रबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध सुन तस्करीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगारका शिलशिलामा विदेश गएका कामदारहरुलाई सुन तथा ल्याप्टप तस्करीमा प्रयोग गर्ने गरिएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीलले चितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले १ सय ग्रामका दुई सिक्री बिभिन्न कम्पनीका ४ थान ल्याप्टप बरामद गरेको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस