घुस लिँदै गर्दा विद्युत प्राधिकरण बाराका प्राविधिक पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

घुस लिँदै गर्दा विद्युत प्राधिकरण बाराका प्राविधिक पक्राउ


११ असार २०७५, सोमबार


कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आइतबार पक्राउ गरेको छ।

मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। रासस

प्रतिक्रिया दिनुहोस