२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन १५ दिनको अल्टिमेटम

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि स्थायी तथा अस्थायी संरचना हटाउन १५ दिनको अल्टिमेटम दिइएको छ ।

आगामी १९ मंसिरसम्म सडक सीमा केन्द्र रेखादेखि २५-२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउने समय सीमा तोकिएको हो ।

२० मंसिरदेखि हेटौँडाको मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाले गत ५ मंसिरमा सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू हटाउन भनेको हो ।

सडक डिभिजनले यसअघि घरटहरा हटाउन भन्दै दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार सडक विस्तार गर्न बाटो खुलेकोले यसपटक प्रदेश राजधानीको २५/२५ गज सडक फराकिलो गरिने बताइएको छ ।

बजार क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएपछि डिभिजन सडक कार्यालयका प्राविधिकसहित चौकीटोल हुँदै रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गरिएको छ । बाइपास मार्गहरू निरीक्षणपछि आवश्यकता अनुसार सडक मर्मत गरी वैकल्पिक रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कार्यालय प्रमुखहरूको बैठकले बजार क्षेत्रमा सडक विस्तारका लागि विशेष टास्क फोर्स टिम गठन गरेको छ ।