२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभियो काँग्रेस संस्थापन पक्ष

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका अधिकांश नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन्।

सभापति शेरबहादुर देउवा निकटका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू आगामी वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा छन्।

महाधिवेशनको मितिमा कुरा नमिलेपछि अब केन्द्रीय समिति बैठक शनिवारको लागि बोलाइएको छ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला नियमित नभए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि त्यो कुरा स्वीकार्न संस्थापन पक्षका नेताहरू तयार छैनन्।

पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताए। अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ।

महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले नेतृत्वमा नआउने भनेपछि अहिले महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको बताए। उनले भने, ‘सहमहामन्त्री महेन्द्र यादवले हामी सबैको सहमतिमा प्रस्ताव राख्नुभएको हो। उहाँ एक्लैको होइन।’

यादवको प्रस्तावमा आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, शशांक कोइराला, एनपी साउद, विजय गच्छादारसहित केन्द्रीय सदस्यहरूको पनि साथ रहेको बताए। उनले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई ५४ प्रतिशत प्रतिनिधिलाई काठमाडौँ ल्याएर हस्ताक्षरको सनाखत गर्न समेत चुनौती दिए।

उनी मात्रै होइन, प्रवक्ता डा. प्रकाश शरण महत पनि चुनावअघि समय अभावको कारणले महाधिवेशन हुनै नसक्ने दाबी गर्छन्।उनी भन्छन्, ‘मंसिर लागिसक्यो, अब चुनावको तयारी गर्नुपर्छ, त्यसैले हामीले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्छ भनेका हौँ।’

तर सहमहामन्त्री जीवन परियार भने केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गर्न अब ढिलाइ गर्न नहुने बताउँछन्। उनले भने, ‘यो विषम परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समय हो। तसर्थ पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्छ ।’

निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशन गरी केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने बताए। नयाँ संरचना, पार्टीको नीतिगत परिमार्जन र कार्यक्रम सहित नयाँ ढंगबाट पार्टी अगाडि बढ्नु पर्ने आजको आवश्यकता भएको बताए।

केन्द्रीय सदस्य मधु आचार्य पनि अब केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘बैठक सरेको सर्‍यौ छ, हामीले हस्ताक्षरसहित विधान अनुसार नै विशेष महाधिवेशनको माग गरेका हौँ, त्यसैले अब निर्णय गर्न ढिला गर्नुहुँदैन।’