२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

अ+ अ-

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो ।

संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष पुराना रहेका जानकारी दिए। उनका अनुसार तीमध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स छन् । ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेका उनले बताए।

लामिछानेका अनुसार ग वर्षका ८० प्रतिशत हाराहारी एम्बुलेन्स नवीकरणसमेत हुन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरेको छ । यससँगै संघले विज्ञप्ति जारी गरेर तत्काल एम्बुलेन्स रोकिएमा बिरामी बोक्न अभाव हुने जनाएको छ । साथै अधिकांश शव वाहन १० वर्ष पुराना भएका भन्दै दैनिक २०–२५ वटा शव राजधानी बाहिर पठाउने गरेकामा समस्या हुने जनाएको छ ।

स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलाई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै अभाव हुने भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक संघ, सङ्गठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ । एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाइएको छ ।

भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै संघले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ । संघले यसअघि यससँगै अन्य मागहरू राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो ।