२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानका समस्या सम्बोधन गर्न सञ्जालको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ । यहाँ आज सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ ।

सञ्जालका संयोजक डा. प्रेम दंगालले करिब २३ लाख भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने तयारीमा रहेको भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गरे । 

उनले भूमिहीन तथा सकुम्बासी जनताको जमिन प्राप्त गर्ने संवैधानिक हक कार्यान्वयन गर्न तथा अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन रूपमा समाधान गरिनुपर्नेमा जोड दिए । 

वर्षाका कारण भित्र्याउन तयार पारेको धानबालीमा ठूलो क्षति पुगेकाले यस्तो अवस्थामा क्षतिको विवरण संकलन गरी वर्षा, बाढी, पहिरो, डुबानबाट क्षति पुगेका किसानलाई राहत तथा पुन:स्थापनाका लागि विशेष कार्यक्रम ल्याउन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत किसान राहत कोष स्थापना गर्न सञ्जालले माग गरेको छ । 

यसैगरी दुग्ध किसानको दूधको सम्पूर्ण बक्यौता रकम (निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट) तुरुन्त भुक्तानी गरिनुपर्ने, रासायनिक मल तत्काल उपलब्ध गराउनुपर्ने, कालीमाटी फलफूल तथा तरकारी विकास बजारसमेत देशभर रहेका ११ थोक तरकारी तथा फलफूल बजारको व्यवस्थापन समितिको नेतृत्वसहित बहुमत सदस्य उत्पादक किसान हुनुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने, वन्यजन्तुको अतिक्रमण नियन्त्रण र व्यवस्थापन गरिनुपर्ने, किसान सूचीकरणको कामलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने, किसानलाई परिचयपत्र प्रदान गर्नुपर्ने तथा यसका आधारमा किसानलाई सेवा सुविधा प्रदान गर्न सञ्जालले माग गरेको छ । 

नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले समस्या समाधानका लागि अग्रसरता देखाउन सरकारसँग माग गरे ।