२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान र अफगानिस्तानबीच तेस्रो चरणको वार्ता इस्तानबुलमा हुने

अ+ अ-

काठमाडौँ । पाकिस्तानले सीमापार आतंकवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहीबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

अक्टोबर ११-१५ सम्म भएको झडपपछि पाकिस्तान र अफगान तालिबानका प्रतिनिधिले दुई चरणको वार्ता यस अघि नै दोहा र इस्तानबुलमा गरिसकेको डन पत्रिकाले जनाएको छ ।

तेस्रो चरणको लागि टर्की र कतारको संयुक्त मध्यस्थतामा दुवै पक्षको प्रतिनिधिमण्डल बुधबार इस्तानबुल आइपुगेको छ भने वार्ता दुई दिनसम्म जारी रहने बताइएको छ ।

सेना, गुप्तचर निकाय र विदेश विभागका वरिष्ठ अधिकारीसहितको पाकिस्तानी प्रतिनिधि मण्डलको नेतृत्व इन्टर–सर्भिस इन्टेलिजेन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल असीम मलिकले गरेको जनाइएको छ । अफगान प्रतिनिधिमण्डलमा जनरल डाइरेक्टोरेट अफ इन्टेलिजेन्स प्रमुख अब्दुल हक वासेक, तालिबानका प्रवक्ता सुहेल शाहिन, लगायतका प्रतिनिधि सहभागी भएको जनाइएको छ ।

अन्तिम चरणको वार्तापछि टर्कीको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा सबै पक्ष युद्धविराम जारी राख्न सहमत भएको उल्लेख छ । गत अक्टोबर ११ मा भएको झडपले दुई छिमेकीबिचको सम्बन्ध चिसिएपछि पाकिस्तान र अफगान तालिबानबिचको वार्ता लामो समय सम्म कूटनीति पछ्याउँदै चलिरहेको जनाइएको छ ।

अक्टोबर १५ को युद्धविराममा सहमति भएपछि अन्ततः दुई पक्ष दोहामा वार्ताका लागि आएका थिए । दोहा वार्तापछि, सीमा विवाद रोक्न अस्थायी युद्धविरामका लागि दुई पक्षले स्थायी शान्ति र स्थिरताका लागि इस्तानबुलमा पुनः वार्ता गर्न प्रतिबद्ध भए । दुई पक्षबिच दोस्रो चरणको वार्ता अक्टोबर २५ मा टर्कीमा भएको थियो ।

यद्यपि, सूचना मन्त्री अत्ताउल्लाह तरारले अक्टोबर २९ मा एक्समा गरेको पोस्टमा वार्ताले कुनै व्यावहारिक समाधान ल्याउन असफल भएको जनाएका छन् । यद्देपी मध्यस्थकर्ताले निरन्तरको प्रयास स्वरूप वार्ता प्रक्रियालाई बचाउन सफल भएको, टर्कीले अक्टोबर-३१ मा जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसै गरी नोभेम्बर-छ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम “कार्यान्वयनको थप तरिकाको छलफल र निर्णय गरिने जनाइएको छ ।