२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ, राजनीतिमा ख्याल गर्नू’ : डा. भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेन जेड अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।

राजनीतिक संवाद समितिले काठमाडौँको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जेन जेड अगुवालाई सुझाव दिँदै भट्टराईले भने, ‘ राजनीतिमा ख्याल गर्नू । सबै दृश्य मात्र हुँदैन । अदृश्य पनि धेरै कुरा हुन्छ । अहिले जोसमा सबै गर्दिन्छौँ जस्तो त लाग्छ । तर, वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौँ । आधा अहिले भरौँ, आधा भर्दै गरौँला भनेर लेख्यौँ । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’

पुरानो शक्तिले यो सम्भव छैन भने पनि नयाँ चाहिन्छ भनेर १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको उनले बताए ।

‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीन वटा टाउकाले १० वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौँ । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईँहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने ।

यही आधा गिलास खाली संविधानकै कारण सुशासन र सोचेजस्तो तीव्र आर्थिक वृद्धि ल्याउन नसकेको भन्दै उनले अब यसमा सुधार आवश्यक रहेको र यसबारे जेन जेडहरूलाई यो कुरा बुझाउन चाहेको बताए ।