२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिलिहाङले बाँड्यो बाह्रसयभन्दा बढी परिचयपत्र

अ+ अ-

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको सप्ताहव्यापी ज्येष्ठ नागरिक सम्मान तथा परिचयपत्र वितरणमा एक हजार २०० भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिकाका सातवटै वडाका गरेर ६० वर्षमाथिका एक हजार २६१ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । यस्तै, ८० वर्षमाथिका २९६ ज्येष्ठ नागरिकलाई नगद एक हजार दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै, ५३ वटा अपांगता परिचयपत्र पनि वितरण गरिएको छ ।

रातो ११ वटा, निलो २४ वटा, पहेँलो नौवटा र सेतो नौवटा गरी ५३ वटा परिचयपत्र वितरण गरिएको हिलिहाङ गाउँपालिकाका योजना प्रमुख देवेन्द्र कटुवालले बताए ।

यस्तै, समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटाले गाउँपालिकाले अत्यन्तै राम्रो र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे ।

बिहीबार समापन समारोह कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले प्रत्येक गाउँपालिकाका वडामा दिवा सेवा केन्द्र स्थापना गर्नुपर्ने बताए।

यस्तै, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले आगामी दिनमा अझै ज्येष्ठ नागरिकको सवालमा राम्राराम्रा कार्यक्रम लिएर आउने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतम, सेनाको हिमशिखर गुल्मका गुल्मपति लोकेन्द्र भट्ट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बू, प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारका डा. सरोज लावती, महिला विकास अधिकृत निर्मला दाहाल, अपांग सेवा संघ, पाँचथरका अध्यक्ष नवीन ढुंगेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।