२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास, पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल

अ+ अ-

काठमाडौँ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरूको तालिका बिग्रिएको छ ।

हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले जानकारी दिए ।

उनले भने, ‘हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ।’ अहिले मौसम खुल्दै गएकाले पथप्रदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए ।

‘पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ’, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ।’

हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ।पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ।

मनाङका साथै मुस्ताङ र गोर्खाको प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी पदयात्रालाई निरन्तरता दिन लागिएको उनले जानकारी दिए ।

पर्यटकीय दृष्टिले असोजदेखि मङ्सिर पहिलो सातासम्मलाई अनुकूल मानिन्छ । यतिबेला पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भारी हिमपातले रोकिएको पदयात्रालाई निरन्तरता दिन लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

उनले भने, ‘तिलिचो आधार शिविरसम्म बाटो खोलिसकिएको छ । तिलिचो तालसम्म बाटो खुलाउने प्रयास गर्ने तयारी भएको छ । तलबाट पर्यटक माथिल्लो भेगतर्फ लागेका छन् । तर, हिउँ बाक्लो र बाटो पुरिएको छ । खुलाउने प्रयास जारी छ।’

थोराङ्लातर्फ पर्यटक जाने क्रम पनि सुरु भएको उनले बताए। उनले भने, ‘इन्टरनेट तथा सञ्चारको पहुँच राम्रो छैन । माथिल्लो क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न सकिएको छैन। माथिबाट फर्किएका पर्यटक तथा पोर्टरसँग जानकारी लिँदा गइरहेका छन् भन्ने पाइएको छ, थोराङ्लातर्फ आज मात्रै करिब २०० विदेशी पर्यटक हिँडेका छन्।’

पथप्रदर्शक नभएका पर्यटकलाई पथप्रदर्शक भएका पर्यटकको समूहमा मिलेर यात्रा गर्न आग्रह गरिएको एक्याप प्रमुख भुजेलले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका-९ का वडाध्यक्ष चोल्पा गुरुङले विदेशबाट अन्नपूर्ण पदमार्गमा यात्रा गर्नकै लागि पर्यटक आउने भएकाले सहज बनाउने उद्देश्यले बाटो खुलाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायीले संयुक्त रूपमा बाटो खुलाउन लागिपरेको बताए।

उनले भने, ‘साहसिक यात्रामा आउने पर्यटकलाई सुरक्षित यात्राको जानकारी दिएर यात्रालाई निरन्तरता दिनुपर्छ । रोकिएका पर्यटकलाई सहज बाटो बनाउनुपर्छ भनेर तिलिचो तालको बाटो खुलाउन लागिएको हो।’

जिल्ला प्रशासनले हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेको भन्दै एक सातासम्म पदयात्रामा नजान रोक लगाइएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन हिउँ पन्छाएर सहज बनेको छ। तर, माथिल्लो क्षेत्रमा हिउँ बाक्लो नै रहेको छ । जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्न सुझावसहित आजदेखि यात्रा खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चार हजार मिटर उचाइ अवस्थित तिलिचो आधार शिविर (बेसक्याम्प) बाट तिलिचो पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर उचाइमा तिलिचो ताल अवस्थित छ । पर्यटकले मनाङगाउँबाट तीन दिनमा यात्रा पूरा गर्दछन्।

त्यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित पाँच हजार ४१६ मिटर उचाइमा थोराङ्ला भञ्ज्याङ अवस्थित छ । मनाङ र मुस्ताङ सिमाना थोराङ्ला भञ्ज्याङ मनाङगाउँबाट तीन दिनको अवधि पार गर्दछन् । यस पदमार्ग हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर सवारीसाधनका माध्यमबाट पर्यटक पोखरा पुग्ने गर्दछन्।