२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट निर्माणका लागि विज्ञसंँग छलफल

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ।

अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ। आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ।

महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा। सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन्।

‘गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,’ उनले भनिन्। न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उनको भनाइ छ। सबै हिसाबले उत्कृष्ट महानगर भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट निर्माणमा ध्यान दिन विज्ञको सहयोग लिन थालेको दाहाल बताउछिन्।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेको बताइन्। महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेट तीन अर्ब ५० लाख हाराहारी हुने बताए। उनका अनुसार सुशासन र सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ। समितिले विज्ञसँग बजेटका लागि छलफल गरिरहेको छ। महानगरले विधेयक समिति निर्माण गरेको छ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले स्थानीयस्तरका बुद्धिजीवी, विषयगत विज्ञ र सरोकारवालासँग समेत छलफल गरिरहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस