२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम्रो पढाउने र ठगेर हिँड्ने शिक्षकको विद्यार्थीद्वारा वास्तविक रेकर्ड प्रस्तुत

अ+ अ-

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए ।

कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको वास्तविक रेर्कड प्रस्तुत गरेका हुन् ।

शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् भने उनीहरुको मूल्यांकनसमेत गरेका हुन्छन् भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए ।

‘विद्यार्थीले राम्रोसँग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै विवरण दिए’ नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले भने– ‘आफ्नोबारेमा विद्यार्थीले रेकर्ड राखेका हुन्छन् भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुगेरे मेहनतका साथ पढाउन जरुरी छ ।’

अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी माविलगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएका थिए ।

“शिक्षकले आफ्ना आनीबानीदेखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने आवश्यकता देखियो” अधिकृत क्षेत्रीले भन्नुभयो ।

अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए । उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताउनुभयो ।

“सामुदायिक विद्यालयले पनि गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेका छन्” उहाँले भन्नुभयो “यसलाई निरन्तरता दिँदै थप असल अभ्यास गर्न जरुरी देखिएको छ ।”

अनुगमनका क्रममा विद्यार्थीको सिकाइस्तर कस्तो छ, विद्यालयमा के कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ, विद्यालयका भौतिकलगायत अन्य क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ भने वारेमा सरोकारवालाबीच छलफलसमेत गरिएको थियो ।

अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीको सहभागिता थियो ।

विद्यालयका असल अभ्यासलाई अन्य विद्यालयमा लैजाने र समस्यामा रहेका विद्यालयलाई पनि असल अभ्यासका लागि प्रेरित गर्न अनुगमन प्रभावकारी भएको अर्का स्रोत व्यक्ति कुमार उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस