सुधीर बस्नेतको रिहाइप्रति आपत्ति, पुनः गिरफ्तारीको माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुधीर बस्नेतको रिहाइप्रति आपत्ति, पुनः गिरफ्तारीको माग


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले आपत्ति जनाएको छ ।

महिला हकहित अधिकार संरक्षण समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले मुुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरेकी छन् ।

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको चार अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताइन् ।

काठमाडौं महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी वि.सं. २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर वि.सं. २०६९ देखि संस्था बन्द थियो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो ।

प्रतिक्रिया दिनुहोस