२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यक काम बाहेक २० गतेसम्म यात्रामा ननिस्कन म्याग्दी प्रशासनको अनुरोध

अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज २० गतेसम्म हुने भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गण्डकी प्रदेशमा अत्यधिक वर्षाको प्रभाव म्याग्दीमा समेत पर्ने भन्दै प्रशासनले साँझ ६ बजे अगाडि नै सुरक्षित ठाउँमा बस्न र यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाको सूचना आएकाले धेरै बर्षा हुने सूचीमा गण्डकी प्रदेशलाई समेत राखेपछि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले विज्ञप्ति मार्फत जानकारी दिए ।

‘म्याग्दी र मुस्ताङमा यात्रा गर्ने यात्रुलाई विशेष ध्यान दिन अनुरोध छ, सडक खण्डमा बाढी पहिरोले समस्यामा पर्न सकिन्छ। जिल्लाका मुख्य म्याग्दी, काली गण्डकी, रघुघाट नदी सहित साना खोला–नालामा आकस्मिक बाढी आउन सक्ने, पहिरो तथा भू–क्षयजस्ता विपद्लाई मध्यनजर गरी तटीय क्षेत्रमा समेत आवतजावत तथा अत्यावश्यक बाहेक रात्रिकालीन समयमा सवारी सञ्चालन नगर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।’ उनले भने ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनले विशेष गरी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न, साँझ ६ बजे अगाडी नै सुरक्षित स्थानमा पुग्न, विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण तयारी, अधिक बर्षा हुने समय अवधिभरलाई कम्तीमा तीन दिनसम्मका लागि खाद्यान्न व्यवस्थापन गर्न,पदयात्रामा निस्किएकालाई सूचना दिन, स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।’