२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघ आन्दोलित

अ+ अ-

काठमाडौं – सरकारले लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले देश व्यापी आन्दोलनको घोषणा गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले जनताको ढाडै सेकिने गरी दुई महिनामा लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु जनताप्रति सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएको छ ।

नेपालको राष्ट्रियता नै कम्जोर बनाउने चलखेलमा सक्रिय वर्तमान कम्युनिष्ट सरकारले एक सय दिनमा पाँच पटक मूल्य वृद्धि गरी कालाबजारी र माफियाको चंगुलमा फेर दैनिक उपभोग्यबस्तुको मूल्यमा समेत चरम बृद्धि गरेको नेविसंघको आरोप छ ।

जनताको इच्छा र चाहना माथी चलखेल गरेर कम्युनिष्ट सरकारले जनताप्रति अन्याए गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । उनले चर्को मूल्य बृद्धिले जनताको चुलो चौको समेत प्रभावित भएको बताए । उनले पेट्रोलियम पटार्थको मूल्य यथासिघ्र फिर्ता गर्न सरकारसँग आग्रह गरे ।

नेविसंघले मूल्य वृद्धि फिर्ता नभए २२ गते विहान ११ बजे देश भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र २३ गते दिउसो २ बजे जिल्ला प्रशासन अगाडी कालो झन्डा गाडेर धर्ना दिने र सदरमुकाममा एक घन्टा चक्का जाम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्नो मागको सम्वोधन नभए आन्दोलनलाई थप शसक्त बनाइने नेविसंघले जनाएको छ ।