२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसलाई खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न ओलीको आग्रह

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा कांग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको बताए । “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान,नियम कानुन अनुसार अरु कैदीहरु जसरी छुट्छन्, बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो” ओलीले भने, “यस बिषयमा कांग्रेसको आलोचना कानुन सम्मत छैन ।” प्रधानमन्त्ती ओलीले कांग्रेसलाई खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न सुझाउनु भएको छ ।

नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैले सृजना गरेको मोडल भएको बताए।

सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ । वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बजेटमा कृषि, उद्योग, ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताए । कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुन अध्ययन गर्न, नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसँग सोध्न पनि आग्रह गरे । “नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ” ओलीले भने, “हाम्रो संसदीय दल समय गुजारेर, अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशिल भइरहनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिन मै सरकारमा सहभागी हुने बताए ।