२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह

अ+ अ-

 सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गरेका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाले आज  आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गरे।

मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिका टिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरे । उनले कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पारे।

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गरे । उनले भने, “धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।”

सङ्खुवासभाको सन्दर्भमा उनले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गरे । सङ्खुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्त्व रहेको बताउँदै उनले यसले नेपालको समृद्धिमा मात्र नभई त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले किमाथांका नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए। उनका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

प्राकृतिक स्रोत वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको समान अधिकार रहने जनाउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो रु. पाँच लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको उल्लेख गरे । ती वर्गलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उनको भनाइ छ ।

मन्त्री खड्काले भने, “गरिबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धितर्फ अघि बढ्नेछ । विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान दिनुपर्छ ।”