२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

अ+ अ-

चितवन । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ ।

चिकित्सालयका प्रमुख डा.कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषत: पुस्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।

उनले भनिन्, “विभिन्न अध्ययनहरूले देखाएका छन् की स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरूलाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता९इम्युन सिस्टम० पनि बलियो भएको पाइन्छ । औषधि सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।” तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बच्चामा यो खुवाउन नमिल्ने उनले जानकारी दिए। मुख्यत: छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा।अधिकारीले बताइन्।

चिकित्सालयका बालरोग विशेषज्ञ डा.शुसान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तीक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रव्यापी रूपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम लागू गर्ने उद्देश्यले  २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहीबारदेखि यो कार्यक्रम लागू गरेको छ । केन्द्रको घोषणा हुनु झण्डै दुई वर्षअघि चिकित्सालयले आफ्नै निर्देशिका बनाएर यो सेवन गराउँदै आएको थियो ।