काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हरिस विष्टले जन्मदिनको अवसर पारी विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
अध्यक्ष विष्टले सोही वडाको जनता मावि आरुबाटमा २५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा विद्यालयको शैक्षिक सुधारका लागी केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।
वडाध्यक्ष विष्टका अनुसार उक्त रकमबाट आउने ब्याज बराबरको रकम उक्त विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरू छनौट गरी छात्रवृत्ति प्रदान गरिने छ ।
वडाध्यक्ष निर्वाचित भएपछि कार्यभार समाल्दै विष्टले आफूले पाउने सेवा सुविधाबाट एक महिनाको पारिश्रमिकको रकम असहाय, गरिब, टुहुरा, जेहेन्दार बालबालिकाहरूलाई सहयोग गर्ने प्रतिविद्धतासहितको निर्णय गरेका थिए । सोही प्रतिबद्धता अनुसार विद्यालयमा अक्षयकोष स्थापना गरिएको विष्टले बताएका छन् ।
वडाध्यक्ष विष्टले जनता माविका विव्यस अध्यक्ष दिवान सिंह विष्ट, प्रधानाध्यापक बिर्खराज अवस्थीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।







