२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधमा कैद सजाय पाएका भुम्लु पालिका उपाध्यक्षको आज सर्वोच्चमा सुनुवाइ हुँदै

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा (जितेन्द्रबहादुर तामाङ) विरुद्धको लागुऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।

२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट एप्पल कम्पनीको मोबाइल थान-१, सामसुङ कम्पनीको मोबाइल थान १ सहित १४.८० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

उक्त मुद्दामा उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका वडा–४ का प्रवीण खड्का र दार्चुला साविक धारी गाविस-७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतबाट २०७२ मंसिर २७ मा भएको फैसलाले दावाको हकमा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) (१) बमोजिम ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो ।अदालतले दोषी ठहर गरेकै अवस्थामा उनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट उठेर जितेका हुन् ।

उक्त फैसलालाई उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले २०७५ असोज १६ गते सदर गरेको थियो । उच्चको आदेश पुनरावलोकनको माग गर्दै दावाले सर्वोच्चको दिएको रिट निवेदनमाथि आज पेशी तोकिएको हो । गाउँपालिका उपाध्यक्ष तामाङ राजनीतिमा लाग्नुअघि गुन्डागर्दीलगायत विभिन्न अपराधमा पक्राउ परेका थिए ।